Skip to main content

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।




तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो।
किन बनाउने व्यावसायिक योजना ?
योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ।
व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ?
व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किसिमका समस्याहरूको उत्तर समेत हुनुपर्छ। जस्तै यी प्रश्नको जबाफ एक ध्यानपूर्वक तयार पारिएको व्यावसायिक योजनामा हुनु पर्छ:
  • तपाईँको व्यवसायको नाम, उद्देश्य के हो?
  • तपाईँले कुन/कस्तो गुणस्तरको वस्तु/सेवा उत्पादन गर्ने वा दिने हो ?
  • कति परिमाणमा उत्पादन गर्ने हो?
  • वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो?
  • बजार माग कस्तो छ ? कस्ता उमेर समूहका मान्छेहरू बस्छन्?
  • मेसिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?
  • कति पुँजी आवश्यक पर्छ? अन्य खर्चहरू के कति लाग्ला ?
  • लगानीको कति नाफा पाउन सकिन्छ ?
  • यस्ता आउन सक्ने अरू सबै प्रश्नहरूको उत्तरहरू उल्लेख गर्नुपर्छ।
व्यावसायिक योजना कसरी बनाउने?
राम्रो व्यावसायिक योजना २ पेज देखि ३ सय पेजसम्म हुन सक्छ। आफ्नो आवश्यकता अनुसार कति विस्तृतमा जाने भनी आफैले निर्णय गर्नु पर्छ। व्यावसायिक योजना व्यवसायी आफैँले बनाउन गाह्रो भयो भने पढेलेखेका अरू साथी-भाइ आफन्तहरू वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत पनि लिन सकिन्छ। राष्ट्रिय युवा परिषदले युवा उद्यम कार्यक्रमको लागि प्रयोगमा ल्याएको एउटा सामान्य व्यवसायिक योजनाको ढाँचा उपलब्ध गराएको छ। आफैले सजिलैसँग व्यावसायिक योजना बनाउनको लागि ढाँचा यस्तो छ ।



Comments

Post a Comment

Popular posts from this blog

असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...