Skip to main content

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।




तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो।
किन बनाउने व्यावसायिक योजना ?
योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ।
व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ?
व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किसिमका समस्याहरूको उत्तर समेत हुनुपर्छ। जस्तै यी प्रश्नको जबाफ एक ध्यानपूर्वक तयार पारिएको व्यावसायिक योजनामा हुनु पर्छ:
  • तपाईँको व्यवसायको नाम, उद्देश्य के हो?
  • तपाईँले कुन/कस्तो गुणस्तरको वस्तु/सेवा उत्पादन गर्ने वा दिने हो ?
  • कति परिमाणमा उत्पादन गर्ने हो?
  • वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो?
  • बजार माग कस्तो छ ? कस्ता उमेर समूहका मान्छेहरू बस्छन्?
  • मेसिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?
  • कति पुँजी आवश्यक पर्छ? अन्य खर्चहरू के कति लाग्ला ?
  • लगानीको कति नाफा पाउन सकिन्छ ?
  • यस्ता आउन सक्ने अरू सबै प्रश्नहरूको उत्तरहरू उल्लेख गर्नुपर्छ।
व्यावसायिक योजना कसरी बनाउने?
राम्रो व्यावसायिक योजना २ पेज देखि ३ सय पेजसम्म हुन सक्छ। आफ्नो आवश्यकता अनुसार कति विस्तृतमा जाने भनी आफैले निर्णय गर्नु पर्छ। व्यावसायिक योजना व्यवसायी आफैँले बनाउन गाह्रो भयो भने पढेलेखेका अरू साथी-भाइ आफन्तहरू वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत पनि लिन सकिन्छ। राष्ट्रिय युवा परिषदले युवा उद्यम कार्यक्रमको लागि प्रयोगमा ल्याएको एउटा सामान्य व्यवसायिक योजनाको ढाँचा उपलब्ध गराएको छ। आफैले सजिलैसँग व्यावसायिक योजना बनाउनको लागि ढाँचा यस्तो छ ।



Comments

Post a Comment

Popular posts from this blog

 " पहाडमा हिँड्दा सास फेर्न गाह्रो हुन्छ , तर ती पाइलाहरू जब गन्तव्यमा पुग्छन् — त्यो क्षण सबै थकान बिर्सिन्छ। " यात्राको सुरुवात गुठिचौर गाउपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरु संग जुम्ला बजार बाट गुठिचौरको   चोत्र जाने भनेर हिडियो | रमाइला डाडा, भिर पखेरा र फाट हरु छिचोल्दै ठाउँ ठाउँमा फोटो खिच्दै ३ घन्टाको यात्रा पछी चोत्र भन्ने ठाउमा पुगेर बास बस्ने निधो गरियो | दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहि वितायौ | भोलि पल्ट हल्का उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौ | त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजीब खुसी महससु भएको थियो किन कि आज मेरो त्यो गन्तव्यमा पुग्ने रहर पुरा हुदै थियो जुन मा लामो समय देखि पर्खिरहेको थिए | सायदै त्यो खुसी जसलाई शब्दमा बाँध्न गाह्रो छ। स्काई तालतर्फको यात्रा सुरु हुने बित्तिकै मनमा एउटा उत्सुकता थियो , कि ३ , ९०० मिटरको उचाइमा के देख्न पाउने होला ? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरु कुन ठाउँ देख्न सकिन्छ होला ? यस्तै यस्तै ...

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ | १० जेष्ठ २०७५, बिहीबार १३:२१ जुम्ला ः  एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ । त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक...