Skip to main content

Posts

Showing posts from May, 2026
 " पहाडमा हिँड्दा सास फेर्न गाह्रो हुन्छ , तर ती पाइलाहरू जब गन्तव्यमा पुग्छन् — त्यो क्षण सबै थकान बिर्सिन्छ। " यात्राको सुरुवात गुठिचौर गाउपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरु संग जुम्ला बजार बाट गुठिचौरको   चोत्र जाने भनेर हिडियो | रमाइला डाडा, भिर पखेरा र फाट हरु छिचोल्दै ठाउँ ठाउँमा फोटो खिच्दै ३ घन्टाको यात्रा पछी चोत्र भन्ने ठाउमा पुगेर बास बस्ने निधो गरियो | दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहि वितायौ | भोलि पल्ट हल्का उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौ | त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजीब खुसी महससु भएको थियो किन कि आज मेरो त्यो गन्तव्यमा पुग्ने रहर पुरा हुदै थियो जुन मा लामो समय देखि पर्खिरहेको थिए | सायदै त्यो खुसी जसलाई शब्दमा बाँध्न गाह्रो छ। स्काई तालतर्फको यात्रा सुरु हुने बित्तिकै मनमा एउटा उत्सुकता थियो , कि ३ , ९०० मिटरको उचाइमा के देख्न पाउने होला ? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरु कुन ठाउँ देख्न सकिन्छ होला ? यस्तै यस्तै ...