Skip to main content

 "पहाडमा हिँड्दा सास फेर्न गाह्रो हुन्छ, तर ती पाइलाहरू जब गन्तव्यमा पुग्छन् — त्यो क्षण सबै थकान बिर्सिन्छ।"

यात्राको सुरुवात

गुठिचौर गाउपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरु संग जुम्ला बजार बाट गुठिचौरको  चोत्र जाने भनेर हिडियो | रमाइला डाडा, भिर पखेरा र फाट हरु छिचोल्दै ठाउँ ठाउँमा फोटो खिच्दै ३ घन्टाको यात्रा पछी चोत्र भन्ने ठाउमा पुगेर बास बस्ने निधो गरियो | दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहि वितायौ | भोलि पल्ट हल्का उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौ | त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजीब खुसी महससु भएको थियो किन कि आज मेरो त्यो गन्तव्यमा पुग्ने रहर पुरा हुदै थियो जुन मा लामो समय देखि पर्खिरहेको थिए | सायदै त्यो खुसी जसलाई शब्दमा बाँध्न गाह्रो छ। स्काई तालतर्फको यात्रा सुरु हुने बित्तिकै मनमा एउटा उत्सुकता थियो, कि ३,९०० मिटरको उचाइमा के देख्न पाउने होला? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरु कुन ठाउँ देख्न सकिन्छ होला? यस्तै यस्तै >>>

बास बसेको ठाउँ बाट करीब ३ घण्टा को बाटो हिडे पछी भेटियो बडेमानको उकालो | बाटो सजिलो थिएन। ढुंगामाटोले भरिएको ठाडो उकालो, कहिले माटो सर्लक्क झर्ने खालको, कहिले खुल्ला बडेमानको  भीर । श्वासप्रश्वास बिस्तारै भारी हुँदै गयो। उचाइ बढ्दै जाँदा हावा पातलिन थाल्यो, तर आँखाले देख्ने दृश्यहरू भने झनझन् विस्तृत हुँदै गए  ठ्याक्कै क्यामेरा मा जुम इन गरेर जूम आउट गरे जस्तो ।

करिब आधा उकालो बाटो काट्दा एउटा चट्टानमाथि बसेर पानीको घुट्को अनि केहि पोको पारेर बोकेको खाने कुरा खाइयो। त्यहाँबाट हेर्दा तल बादलको सेतो सागर अनि सानो देखिने एउटा फाट फैलिएको थियो अनि किनारामा देखिने ति हिमाला हरु सेताम्य थिए । त्यो दृश्य हेरेर लाग्यो, हामी पृथ्वीमा होइन, आकाशको कुनै तहमा हिँडिरहेछौं अनि यो एउटा गौरवको ठाउँमा आइएको छ ।

यस उचाइमा उकालो चढ्दा शरीरमा पर्याप्त पानी राख्नु जरुरी रहेछ । हरेक आधा घण्टामा पानी पिउदै र थकाइ लागेमा केही बेर विश्राम गर्दै आफ्नै गतिमा हिडियो |

 

स्काई लेकसँगको पहिलो भेट

जब तालको आसपासका क्षेत्रमा पुगियो त्यो सबै ठाउँ हिउँले भरिएको सेताम्य देखिन्थ्यो अनि त्यो जमेको हिँउमा हिड्न गाह्रो तर मनै आनन्दित हुने खालको अनुभूति हुन्थ्यो | फरक फरक एंगल बाट फोटो खिचियो, भिडियो बनाइयो अनि नाङ्गा आखाले वरपर धित मर्ने गरेर निहालेर हिरियो |

जब ताल देखियो, पहिलो पटक मनले एउटा लामो सास फेर्यो। आकाशी नीलो रंगको त्यो बिशाल जलाशय, वरिपरि हिउँले ढाकिएका चट्टानहरू, र माथि सूर्यको प्रकाशले पानीमा सुनको टुक्रा झैं चम्किरहेको नजिकैको अर्को हिँउले ढाकिएको हिमालको प्रतिबिम्ब | यो कुनै साधारण मानिसले उसको आफ्नो भाषाले सही रूपमा वर्णन गर्न नसक्ने दृश्य थियो। आँखाले देखे, मनले अनुभव गर्यो  तर शब्दले समाउन सकेन खै के के भनेर यो यात्रा लाइ बर्णन गर्ने |

जुन ठाउँमा पुग्दा पनि भिडियो खिच्न र फोटो खिच्न रमाउने मान्छे मलाइ थाहा छ मलाई त्यो दिन मैले बनाउने भिडियोमा मैले शब्द चयन नै गर्न न सकेको |

आकाशे तालको किनारमा रहेको एउटा ढुंगामा बसेँ। त्यस चिसो ढुंगाको स्पर्शले थकाइ हराएझैं लाग्यो। पानीको सतहमा हिमाल र आकाशको उल्टो प्रतिबिम्ब खेलिरहेको थियो। लाग्थ्यो, तालले माथि र तल गरी दुई संसार समेटेको छ, एउटा वास्तविक, अर्को सपनाको।

लाग्थ्यो त्यो निलो तालको पानीमा आकाश झरेको छ वा आकाशले पानी ओढेको छ। स्काई तालको वरिपरि एउटा गहिरो मौनता थियो । सहरको गुनगुनाहट, मोटरको हर्न, मान्छेको हुलदंगा र होहल्ला सबैबाट मुक्ति मिलेको  थियो त्यहाँ । कानले सुन्ने केवल हावाको सुसाइ,  र बेला बेला हावाको बेगले पानीलाइ तरंगित पारेर तालको किनारामा भएका ढुंगामा ठोक्किने पानीको हल्का आवाज ।

त्यहाँ समय बितेको पत्तो नै भएन | एकछिन मा घडी हेर्दा पो थाहा भयो अब त फर्किने बेला पो भएछ किन कि हामि त्यहाँ बाट पुन बास बस्नको लागि त्यहि अघिल्लो दिन बास बसेकै ठाउँमा फर्किन पर्ने हुन्थ्यो |

त्यहाँ समय बिताउन एउटा अनुपम पल थियो, मनले मानिरहेको थिएँन तर बाध्यताले दोर्याएकोले हामि त्यहाँ बाट फर्किन लाइ तयार भयौं | घाम डुबीसकेको थियो अनि अघि गएको उकालो बाटो हुदैँ अब ओरालो झर्नु पर्ने थियो | माथि उक्लिदा जति गार्हो थियो पक्कै पनि झर्दा अलि सजिलो नै थियो तर मन भारि थियो, साँझ पर्दै थियो अनि बास बस्ने ठाउँमा पुग्ने चटारो उत्तिकै थियो |

तल झर्दा एक जना साथी लाइ टाउको दुख्यो म हिड्दै गर्छु भनेर हिड्नु भाको थियो उहा त बाटो बिराएर खोलाको झन् जटिल र अप्ठ्यारो बाटो पो जानु भएछ | अब फेरी अर्को तनाव थपियो त्यो साथी लाइ भेटाउने | बल्लतल्ल हामि उहाँलाइ खोज्दै सजिलो बाटोमा आइपुग्यौ तर उहाँ भेटिनु भएन | साँझ परि सकेको थियो उहालाई हामीले अलि अगाडि बढे पछी मात्र भेट्यौ | उहालाई भेटेपछि हामि खुसि भयौ |

त्यहाँ बाट साझको केहि समय हिडेपछी हामी पुन बास बस्ने ठाउँमा आइ पुग्यौ | बास बस्ने ठाउँमा फोटो, भिडियो हेर्दै समय बिताउदै गर्दा केहि बेर मा खाना पनि पाक्यो अनि खाना खाएर सुत्न भनेर छुट्टियौ हामी | यसरो भोलि पल्ट बिहान उठेर हामि जुम्ला बजार तर्फ लाग्यौ |

 मलाइ अहिले पनि त्यो यात्राको दौरान मा भेट भएका हिमाली भेगका गाउँले दाइ अनि उहाकों खाँटी मुस्कान मनमा अझै ताजा छ। बाटो सम्झाई दिने दाइ अनि मिठो खाना पकाएर खुवाउने ति बुढी आमैको सम्झना आइ रहन्छ |  













Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ | १० जेष्ठ २०७५, बिहीबार १३:२१ जुम्ला ः  एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ । त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक...