Skip to main content
लोकतन्त्र र निर्वाचन पद्धति
लोकतन्त्रको अवधारणा :
·         प्राचिन युनानका केही नगर राज्यहरुबाट २५०० वर्ष पहिला लोकतन्त्रको शुरुवात भएको मानिन्छ ।
·         डायसी-"लोकतन्त्र त्यो शासन व्यवस्था हो जसमा सम्पूर्ण राज्यको तुलनात्म रुपमा ठुलो भाग शासक हुन्छ" ।
·         लर्ड ब्राइस-"लोकतन्त्र शासनको त्यस रुपलाई भन्दछन् जसमा शासन शक्ति वैधानिक रुपले कुनै विशेष वर्गहरुमा निहित नभई सम्पुर्ण समाजका सबै मानिसहरुमा निहित नभई सम्पूर्ण समाजका सबै मानिसहरुमा निहित हुन्छ ।
·         अब्राहक लिङ्कन-"Democracy is a government of the people for the people and by the people"
·         प्राचिन ग्रिकमा सर्वप्रथम प्रजातन्त्र शब्दको उदय भयो जसलाई लोकतन्त्रको रुपमा लिन थालियो ।
·         लोकतन्त्र शासनको एक प्रणाली हो । जहाँ देशका जनताले राजकीयसक्ता र सार्वभौमसक्ता आफै सञ्चालन गर्दछन् ।
·         लोकतन्त्र युनानी शब्द Demos र Cratia मिलेर बनेको छ । जसको अर्थ जनता र शासन भन्ने हुन्छ ।
·         सिले-"लोकतन्त्र त्यस सरकारलाई भनिन्छ जसमा प्रत्येक व्यक्तिले प्रत्यक्ष रुपबाट भाग लिन्छ" ।
·         हल-"लोकतन्त्र र राजनितिक सगठनको त्यो स्वरुप हो जसमा जनताको नियन्त्रण रहन्छ" ।
·         लेबिस-"लोकतन्त्र विशेष गरी त्यो शासन हो । जसमा सम्पुर्ण राष्‍ट्रका अधिकांश जनता प्रभुसक्ताको प्रयोगमा भाग लिन्छन् ।
लोकतन्त्रका प्रकारहरु:
१.      प्रतिनिधिमुलक लोकतन्त्र- यस प्रणालीमा शासनसक्ता चुनाव जित्‍ने प्रतिनिधि वा पार्टीले चलाउँछ र अल्पमत प्रतिपक्षमा बस्छ ।
प्रतिनिधिमुलक प्रजातन्त्रको विशेषताहरु
i)                    प्रतिष्‍पर्धात्मक
ii)                  राजनैतिक बहुदलवाद
iii)                राजनैतिक दलहरुको प्रधानता
iv)                संविधानको सर्वोच्चता
v)                  नागरिक स्वतन्त्रता
vi)                आवधिक निर्वाचन
२.      समावेशी लोकतन्त्र:
·         समावेशी लोकतन्त्र भनेको शास्त्रीय लोकतन्त्र र समाजवादको वैचारिक समन्वयको उपज हो ।
·         स्थानिय निकायहरु र सामुदायिक संस्थाहरुको तिनका वरिपरिका प्राकृतिक स्रोतहरु माथिको अधिकार नै समावेशी लोकतन्त्र हो ।
·         समावेशीलोकतन्त्र मुलत: बहुसाँस्कृतिक मुलुकहरुमा अपनाइने सिद्धान्त हो ।
·         समावेसीलोकतन्त्रको शुरुवात सन् १८४८ मा स्विट्जरल्याण्डबाट शुरु भएको मानिन्छ ।
·         टाकिस फोटो पाउलस समावेसी लोकतन्त्रका प्रवर्तक मानिन्छन् ।
·         यस प्रकृतिको लोकतन्त्रमा जनताले निर्णय प्रकृयमा प्रत्यक्ष सहभागी हुन पाउने अवसर प्राप्‍त गर्दछन र उत्पादनका साधनहरु माथी निजी स्वामित्वको अन्त्य र जन स्वामित्वको स्थापना हुन जान्छ ।
लोकतन्त्रका गुणहरु:
१.      जनइच्छामा आधारित शासन
२.      आलोचनाको अधिकार
३.      व्यक्तिगत स्वतन्त्रता
४.      लोकमतको सर्वोच्चता
५.      कानूनको पालना
६.      राष्‍ट्रिय भावना र देशप्रेम
७.      जन उत्तरदायी सरकार
लोकतन्त्रका अवगुण:
·         एडमन्ड बर्क भन्छन् – लोकतान्त्रिक गुण एक खोक्रो कल्पना मात्र हो ।
·         गेटल भन्छन्- चुनावको सन्दर्भमा जति धेरै धन खर्च हुन्छ । त्यो पैसाको मात्र बर्वादी हो । बरु यसले लोकतन्त्रात्मक भावनाको नै विनास गर्छ ।
१.      मुर्खको शासन- प्लेटोले लोकतन्त्रलाई अज्ञानताको राज्य भनेका छन् ।
·         यसै सम्बन्धमा कर्लाइल भन्छन् – यदि संसारमा १ बुद्धिमान व्यक्ति र ९ जना मुर्ख छन् भने लोकतन्त्रको तात्पर्य मुर्खकै शासन हो ।
२.      खर्चिलो व्यवस्था
३.      स्थायित्व अभाव
४.      मताधिकारको दुरुपयोग
५.      निर्णय बिलम्ब
लोकतन्त्र सफतलाका लागि पूर्व शर्तहरु:
१.      स्वतन्त्रता
२.      समानता
३.      आवधिक निर्वाचन
४.      कुशल नेतृत्व
५.      सचेत नागरिक
६.      अन्तर्राष्‍ट्रिय समझदारी
७.      स्वस्थ दलिय पद्धति
८.      विधिको शासन
९.      लिखित संविधान र स्वतन्त्र न्यायपालिका
१०.  सुशासन
निर्वाचनको अवधारणा र उद्देश्‍य:
·         लोकतन्त्रमा सबैभन्दा ठुलो राजनैतिक अधिकार मताधिकार हो ।
·         यो एक प्राविधिक प्रक्रिया हो ।
·         जनताले सार्वजनिक नितिहरुमा आफ्नो नियन्त्रण स्थापित गर्दछन् र शासन संचालनका लागि जनआदेश जारी गर्दछन् ।
·         निर्वाचन जनप्रतिनिधिहरु रोज्ने एक प्रजातान्त्रीक विधि हो । जसका माध्यमबाट शासक र प्रतिनिधिमुलक संस्थाहरु बन्दछन् ।
·         डेटर नोहलेन भन्छन्-"मताधिकारको सहि ढंगलर् प्रयोग हुनका लागी मतदाताले विभिन्न उम्मेदवारहरुविभिन्न राजनैतिक
·         दलहरु विभिन्न विचारधाराहरु र विभिन्न निति कार्यक्रमको माध्यमबाट छनौट गर्न पाउनु पर्छ ।
·         विकल्पहरु मध्येबाट रोज्ने पूर्ण स्वतन्त्रता भएको निर्वाचन पद्धति प्रतिस्पर्धात्मक पद्धति हो भने छनौटको सिमित अवसर भएको पद्धति अर्द्य प्रतिस्पर्धात्मक र छनौटको अवसर नभएको पद्धति अप्रतिस्पर्धात्मक पद्धति हो ।
निर्वाचनको उद्देश्‍य:
१.      लोकतान्त्रीक प्रणालीमा जनताको आत्म निर्णयको सुनिश्‍चितता गर्न निर्वाचन गराइन्छ ।
२.      निर्वाचनद्वारा राजनैतिक प्रणालीलाई वैद्यता दिइन्छ ।
३.      निर्वाचनले जनप्रतिनिधिहरुलाई शासन सत्तामा पुर्‍याउँछ ।
४.      व्यवस्थापिकाको गठन गरी सरकार निर्माण र नियन्त्रण गर्न निर्वाचन गराईन्छ ।
५.      निर्वाचनका माध्यमबाट राष्‍ट्रिय सरोकारका विषयमा महत्वपूर्ण निर्णय लिइन्छ ।
६.      संविधान सभाको निर्वाचनद्वारा नयाँ संविधानको निर्माण गरिन्छ ।
७.      निर्वाचनद्वारा राजनितिक समस्याको समाधान गरिन्छ ।
८.      विकेन्द्रित कार्यक्रम लागु गर्न स्थानिय निर्वाचन गराईन्छ ।
निर्वाचन प्रक्रिया:
१.      निर्वाचन क्षेत्रको निर्धारण तथा विभाजन
२.      मतदाताको नाम सूचीकरण
३.      उम्मेदवारहरुको मनोनयन
४.      चुनाव अभियान
५.      मतदान
६.      मतगणना तथा परिणामको घोषणा
प्रतिनिधित्वको सिद्धान्त:
१.      पहिलो हुने निर्वाचित हुने प्रणाली
-    यसलाई प्रत्यक्ष निर्वाचन प्रणाली पनि भनिन्छ ।
-    यो प्रणालीको शुरुवात बेलायतबाट भएको हो ।
-    यस प्रणालीमा बढी मत ल्याए मात्र पुग्छ बहुमत ल्याउन पर्दैन ।
-    यसमा प्राप्‍त गर्नुपर्ने आवश्‍यक मतभन्दा बढी मतको महत्व पनि हुदैन र पराजित उम्मेदावरको मतको कुनै अर्थ हुदैन ।
-    नेपालमा पनि मिश्रित निर्वाचन प्रणालीको एक प्रणाली पहिलो हुने निर्वाचित हुने प्रणालीको रुपमा २४० निर्वाचन क्षेत्रमा विभाजन गरी प्रत्येक जिल्लामा १ जनाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।
पहिलोहुने निर्वाचित हुने प्रणालीको विशेषता:
१.      दलहरुको विखण्डनलाई रोक्छ ।   
२.      न्युनतम २ वटा दल हुनुपर्दछ ।
३.      स्थिर सरकारको निर्माण हुन्छ ।
४.      सरकार निरंकुश हुन सक्दैन ।
गुणहरु/फाईदा
१.      जनताको प्रतिनिधित्वको सरकार बन्ने हुदा जनगौरव
२.      जनता र प्रतिनिधि बिच प्रत्यक्ष सम्बन्ध
३.      जन उत्तरदायी प्रतिनिधि
४.      उम्मेदवारको योग्यता र क्षमता छुट्टाउन सकिने
अवगुण/बेफाईदा
१.      अल्पमतले बहुमतमा शासन गर्दछ ।
२.      धन खर्च गरी चुनाव जित्‍ने प्रयास
३.      समावेसी प्रतिनिधित्व हुदैन ।
२.समानुपातिक प्रतिनिधित्वको प्रणाली:
-    राष्‍ट्र भित्र बसोबास गर्ने सबै वर्गक्षेत्रलिङ्गभाषाका नागरिकहरुको उचित प्रतिनिधित्व गराउने प्रणाली ।
-    यो प्रणाली मुलत: सदर मतको हिस्सा र सोही बराबरको अनुपातमा विद्यायिकी स्थानमा हुने रुपान्तरण हो ।
-    यो प्रणालीमा राजनितिक दलहरुले आफूले प्राप्त गरेका मतको आधारमा सोही अनुपातमा प्रतिनिधित्व गर्न पाउँछन् ।
-    यस प्रणाली अनुसार सम्पुर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानिन्छ र निर्वाचन व्यक्तिगत रुपमा नभएर दलिय आधारमा हुन्छ ।
-    नेपालको अन्तरिम संविधान २०६३ को धारा ६३ (३) (ख) अनुसार सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानि राजनितिक दलहरुले आ-आफ्नो उम्मेदवारको सूची आयोगमा दर्ता गर्दछन् र कुल प्राप्‍त मत संख्याको अनुपातमा त्यस दलका तर्फबाट सद्स्य निर्वाचित हुन्छन्।
-    संविधान सभा सदस्य निर्वाचन ऐन अनुसार सूची बनाउँदा देहाय बमोजिम प्रतिनिधित्व हुने गरी सूची बनाउने व्यवस्था छ तर प्रत्यक्ष तर्फका उम्मेदवारलाई यस सूचिमा समावेश गर्न पाइदैन ।
क्र.सं.        प्रतिनिधित्व हुने समूह            उम्मेदवारको %
१.                        महिला                         ५०%
२.                        मधेसी महिला                   १५.६%
३.                          "   पुरुष                     १५.६%
४.                        दलित महिला                   ६.५%
५.                         "   पुरुष                      ६.५%
६.                        आदिवासी जनजाति महिला        १८.९%
७.                                         पुरुष         १८.९%
८.                        पिछडिएको क्षेत्र      महिला       २%
९.                                          पुरुष        २%
१०.                          अन्य        महिला       १५.१%
११.                                      पुरुष              १५.१%
समानुपातिक प्रतिनिधित्व प्रणालीलाई निम्न २ विधिमा विकास गरिएका छन् ।
i)                    एकल संक्रमणिय मत प्रणाली
यस प्रणालीलाई Hare system, Andrae system र प्राथमिकतापुर्ण मत प्रणालीका नामले चिनिन्छ ।
-    सन् १८५१ मा थमस हेयर (ब्रिटिस) ले यस प्रणालीको विकास गरेका थिए भने सन् १८५५ मा डेनमार्कका कार्ल एन्ड्रेले पहिलोपटक यस प्रणालीलाई लागू गरेका थिए ।
-    यो प्राथमिकताका आधारमा मत दिने प्रणाली हो ।
-    यस बहु सद्स्यीय निर्वाचन क्षेत्रका उम्मेदवारहरुको क्रम निर्धारण गरी मतदान गरिन्छ ।
-    कम मत प्राप्‍त गर्ने उम्मेदवारहरु क्रमश सूचीबाट हटाईन्छ ।
-    खास कोटा पार गर्ने उम्मेदवारले विजय हासिल गर्छ ।
-    मतदान समाप्‍त भएपछि कुल सदर मतलाई निम्न सूत्र अनुसार विभाजन गरी विजयी संख्या निर्धारण गरिन्छ ।
-    चुनाव अंक     सदरमतको संख्या   + 1
                                   निर्वाचित हुने सिट संख्या
ii)                  सूची प्रणाली
यो समानुपातिक प्रतिनिधित्वको अर्को रुप हो । यस अनुसार सम्पुर्ण देशलाई एउटा निर्वाचन क्षेत्र मानि दलगत उम्मेदवार दिइन्छ । मतदाताले आफ्नो रुचि अनुसार दललाई मतदान गर्दछन् ।
यो अल्प संख्यकको प्रतिनिधित्व गराउने प्रणाली हो ।
यसमा दलहरुको भुमिका महत्वपुर्ण हुन्छ भने सबै मतको उपयोग हुन्छ ।
समानुपातिक प्रतिनिधित्व प्रणालीको गुण/अवगुणहरु
गुणहरु:
१.      अल्प संख्यकको प्रतिनिधित्व
२.      भ्रष्‍ट्रचार कम हुन्छ
३.      कुनै भोट खेर जाँदैन् ।
४.      राजनैतिक दलको भूमीका महत्वपुर्ण हुन्छ ।

अवगुण/बेफाइदा
१.      जटील प्रणाली
२.      जातीय र साम्प्रदायिक भावना बढन सकने
३.      शिक्षित मुलुकमा मात्र उपयोगी
४.      राजनैतिक अस्थिरता
५.      खर्चिलो प्रणाली
४.      मिश्रित निर्वाचन प्रणाली
यस्तो प्रणालीमा मतदातले आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवारलाई १ मत र राजनितिक दललाई अर्का १ मत दिन्छन् ।
·         पहिलोमा बहुमतीय आधारमा उम्मेदवार निर्वाचित हुन्छन् भने दोस्रोमा समानुपातिक प्रतिनिधित्वको आधारमा दलका उम्मेदवारहरु निर्वाचित हुन्छन् ।
·         फरक-फरक २ रङ्गको मतपत्र प्रयोग हुन्छन्
·         नेपालको संविधान सभाको निर्वाचन यही प्रणाली अवलम्बन गरी गरिएको थियो ।
जसअनुसार ६०१ सदस्यमा पहिलो हुने निर्वाचित प्रणालीबाट २४० र समानुपातिक तर्फबाट ३३५ एवम् सरकारबाट मनोनित हुने २६ सिटको व्यवस्था गरिएको छ ।
नेपालको निर्वाचन आयोग
·         २०१५ सालको आम निर्वाचनमा सर्वप्रथम निर्वाचन आयोग गठन गरियो । जसमा सुवर्ण शम्सेर आयुक्त थिए ।
·         नेपालको अन्तरिम संविधान २०६३ को भाग १४ मा निर्वाचन आयोगको व्यवस्था छ ।
·         धारा १२८ अनुसार नेपालको निर्वाचन आयोगमा १ प्रमुख आयुक्त र ४ जना आयुक्तहरु रहनेछन्। जसको नियुक्त संवैधानिक परिषदको सिफारिसमा राष्‍ट्रपतिबाट ६ वर्षको हुने व्यवस्था छ ।
निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त हुन आवश्‍यक योग्यता:
१.      नेपाल सरकारबाट मान्यता प्राप्‍त विश्‍वविद्यालयबाट स्नातकोपाधि प्राप्‍त गरेको ।
२.      नियुक्ती हुँदाका बखत कुनै राजनितिक दलको सदस्य नरहेको ।
३.      उच्च नैतिक चरित्र कायम भएको
४.      ४५ वर्षको उमेर पुरा भएको
पदरिक्त हुने अवस्था
१.      निजले राष्‍ट्रपति समक्ष लिखित राजिनामा दिएमा
२.      पदावधि पुरा भएमा वा निज आफ्नो पदमा नरहेमा
३.      निजको मृत्यु भएमा
धारा १२९ अनुसार निर्वाचन आयोगको कामकर्तव्य र अधिकार:
१.      संविधान र अन्य कानूनको अधिनमा रहि संविधान सभा धारा १५७ बमोजिम हुने जनमत संग्रह तथा स्थानिय निकायको निर्वाचनको संचालनरेखदेखनिर्देशन र नियन्त्रण निर्वाचन आयोगबाट हुनेछ र सो प्रयोजनका लागि मतदाताहरुको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्नेछ ।
२.      संविधान सभा सदस्यको लागी उम्मेदवारीको मनोनयन दर्ता भैसकेको तर निर्वाचन भैनसकेको अवस्थामा धारा ६५ अनुसार कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्‍न उठेमा त्यसको निर्णय निर्वाचन आयोगले गर्नेछ ।
३.      निर्वाचन आयोगले आफ्नो कामकर्तव्य र अधिकार मध्ये कुनै काम कर्तव्य र अधिकारु प्रमुख निर्वाचन आयुक्त वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको अधिनमा रही प्रयोग गर्न वा पालन गर्न पाउने गरी सम्पन्न गरिनेछ ।
·         समावेशी लोकतन्त्रकाव सुरुवात अमेरिकाबाट भयो ।
·         समावेशी सिद्धान्तकानूनी सिद्धान्त र मानवअधिकारलाई लोकतन्त्रको सिद्धान्त मानिन्छ ।
·         सामान्य निर्वाचन प्रणालीका प्रवर्तक J.S Mill  हुन् ।
·         नेपालमा सर्वप्रथम बालिग मताधिकारको प्रयोग वि.स. २०१४ मा भयो ।
·         द्वान्द्वात्मक भौतिकवादका प्रतिवादक कार्ल मार्क्स हुन् ।
·         जनमत संग्रहजनादेश र प्रत्यावर्तन प्रत्यक्ष लोकतन्त्रका उपकरण हुन् ।
·         The Machinery of Representation  का प्रतिपादक थोमस हेयर हुन् ।
·         समानुपातिक निर्वाचन प्रणालीका प्रणेता आर्थर एफ वेन्ट हुन् ।
·         नेपालमा संविधान सभाका निर्वाचन बाहेक अन्य निर्वाचन पहिलो हुने निर्वाचित हुने प्रणालीबाट गरियो ।
·         स्विट्जरल्यान्ड उत्कृष्‍ट समावेशी लोकतान्त्रीक मुलुक हो ।
·         संविधान सभाको निर्वाचन २०६४ मा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल थिए भने संविधान सभा निर्वाचन २०७० मा निलकण्ठ उप्रेति थिए ।

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
 " पहाडमा हिँड्दा सास फेर्न गाह्रो हुन्छ , तर ती पाइलाहरू जब गन्तव्यमा पुग्छन् — त्यो क्षण सबै थकान बिर्सिन्छ। " यात्राको सुरुवात गुठिचौर गाउपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरु संग जुम्ला बजार बाट गुठिचौरको   चोत्र जाने भनेर हिडियो | रमाइला डाडा, भिर पखेरा र फाट हरु छिचोल्दै ठाउँ ठाउँमा फोटो खिच्दै ३ घन्टाको यात्रा पछी चोत्र भन्ने ठाउमा पुगेर बास बस्ने निधो गरियो | दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहि वितायौ | भोलि पल्ट हल्का उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौ | त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजीब खुसी महससु भएको थियो किन कि आज मेरो त्यो गन्तव्यमा पुग्ने रहर पुरा हुदै थियो जुन मा लामो समय देखि पर्खिरहेको थिए | सायदै त्यो खुसी जसलाई शब्दमा बाँध्न गाह्रो छ। स्काई तालतर्फको यात्रा सुरु हुने बित्तिकै मनमा एउटा उत्सुकता थियो , कि ३ , ९०० मिटरको उचाइमा के देख्न पाउने होला ? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरु कुन ठाउँ देख्न सकिन्छ होला ? यस्तै यस्तै ...

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ | १० जेष्ठ २०७५, बिहीबार १३:२१ जुम्ला ः  एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ । त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक...