Skip to main content

लक डाउन पछिको कृषि उत्पादकत्व बढाउनका लागि बिज्ञका १६ टिप्स


लक डाउन पछिको कृषि उत्पादकत्व बढाउनका लागि बिज्ञका १६ टिप्स
विश्वका २ सय भन्दा बढि मुलुकहरू कोरोना भाइरस संक्रमणसँग एकै पटक जुधिरहेका छन् । गरिवदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पीडित छन् । नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पुर्ण रुपमा लकडाउनमा छ । उद्याेग–व्यवसायहरू बन्द अवस्थामा छन् ।
संगठित तथा असंगठित क्षेत्रका गरि १० लाख भन्दा बढि ब्यक्ति बेरोजगार भैसकेका छन् । बिदेशमा कार्यरत ४० लाख श्रम शक्ति मध्ये ३० प्रतिशत जति उतै बेरोजगार भैसकेका छन् र देश फर्कने आशामा छन् ।
अमेरिका, अष्ट्रेलिया, युरोप अध्यन गर्न गएका लाखौ बिध्यार्थि पनि यो संकटमा आफ्नै देश फर्कने सोचमादेखिन्छन् । यसरी २५देखि ३० लाख वेरोजगारलाई व्यवस्थापन गर्ने चुनौति सरकारको सामु आउन थालेको छ ।
लकडाउनको कारण सरकारको राजस्व, लक्ष अनुसार उठन सकेको छैन । राजस्वको प्रमुख श्रोत आयात लकडाउन पछि पुँजीको अभावमा खुम्चिने पक्कै छ । विश्व बैंकले भने अनुसार रेमिटान्स १४ प्रतिशतले घटने सम्भावना देखिन्छ । छिमेकी र विकसित मुलुक पनि कोरोनासँग लडिरहेकोले विदेशि सहायता आउने सम्भावना कम देखिन्देछ ।
समग्रमा सरकारको आयको श्रोत कम हुँदै जाने र अर्को तर्फ बेरोजगारिको विकराल समस्या बढदै जाने अवस्थामा कृषि क्षेत्र नै आशाको केन्द्र बन्दै गएको देखिन्छ ।
बिगतको १० बर्षे माओबादि द्वन्दको बेला बढदो असुरक्षा र बैकल्पित रोजगारिको लागि पचिसौ लाख श्रम शक्ति बिदेश पलायन भए । यसको सकारात्मक पक्ष रोजगारिको कारण नेपाली श्रमिकमा सीप र क्षमता बढ्यो,रेमिटान्सले गर्दा घर घरको आय वृद्धि संगै सरकारको बिदेशि मुद्रा आर्जन पनि बढ्यो ।
तर संग संगै देशमा श्रम शक्तिको अभाव र कृषियोग्य जमिन बांझो भई उत्पादकत्वमा ह्रास आयो ।नेपालमा उपलब्ध कुल ३९ लाख हेक्टर खेति योग्य जमिन मध्ये १३ लाख हेक्टर बांझो हुन गयो ।६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिसत जमिनमा खेति नहुनुले नै हामी परनिर्भता तिर गईरहेको संकेत गर्छ ।
आज हामी तरकारि,फलफुल,खाध्यान्न लगायत जिविको पार्जनका अधिकासं बस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ । त्यसैले अहिले कोरोना कहरको रुपमा आए पनि रोजगारी र नेपालिको आय श्रोत बृद्धिको लागि कृषि क्षेत्रलाई बिकास गर्ने ठूलो अवसर आएको मान्नु पर्छ ।
आयातमुखि र रेमिटान्समुखि अर्थतन्त्र भएको देशमा सरकारले कृषिलाई खासै महत्व दिएकोदेखिएन ।कृषि कार्यक्रमलाई भोट बैकं आकर्षित गर्ने रुपमा मात्र हेरियो ।नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३१ प्रतिशतको योगदान कृषि प्रधान देशमा धेरै नै कम हो ।सरकारको आब २०७६र७७ मा कुल बजेटको ५.२० प्रतिशत अर्थात ७९.८२ अर्ब मात्र बिनियोजन भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत ८.१० अर्ब छुट्याईयो ।तर यो शीर्षक र अन्य सब्सिडिका रकमहरु हुनेखाने बाठा र राजनैतिक पहुचवालाले पाएकोले वास्तविक कृषक सम्म पुग्न नसकेको अनुमान छ ।कृषिलाई महत्व न दिएकोले पनि तरकारी फलफुलको लागि अरुको भर पर्नु पर्ने बाध्यता श्रृजना गरिएको छ ।
विदेशबाट आयातित बस्तु पहाड तराईका गाउँँ घर सम्म पुर्याईएकोले खेतबारी बाझै राखेर घर घरमा आएको रेमिटान्सलाई उपभोग्य बस्तु र मोज मस्ति मै खर्च गर्ने प्रबृति बढदै गएको पाईन्छ ।
तर कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ ।कोरोनाले प्रत्येक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ । बिखण्डित परिवारलाई एक ठाउमा जोडेको छ,बिदेशमा रहेका र काम गर्नेलाई मातृभुमिको महत्व सम्झाएको छ,स्वास्थ र कृषि नै संकट कालमा चाहिने भनेर बुझाएको छ ।
त्यसैले कोरोना संक्रमण र लकडाउनमा सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थको रक्षा गर्नु र यस संबन्धि सेवाहरु उपलब्ध गराउनु हो । दोश्रोमा अलपत्र परेकालाई तत्काल खाना र बासको ब्यवस्था गर्नु र आम मानिसको लागि बस्तु आपुर्तिको सहजता कायम गर्नु हो ।
तेश्रोमा बेरोजगार हुने दशौ लाख जनताको लागि आयमुलक रोजगारीको अवसर श्रृजना गर्नु नै हो । त्यसका लागि कृषिमा आम जनतालाई आबद्ध गरि रोजगारी श्रृजना गर्न, कृषिको उत्पादकत्व वृद्धि गर्न, कृषकको आयश्रोत बढाउदै विश्व बैकंले अनुमान गरेको यस बर्षको आर्थिक वृद्धि दर १.८ देखि २.८ प्रतिशत भन्दा माथि लैजान सकिन्छ ।
त्यसको लागि तत्काल कृषि क्षेत्रमा निम्न बमोजिमको कार्यक्रम प्रभावकारि रुपमा संचालन गर्नु जरुरी देखिन्छ ।
१. प्रत्येक गाउँँपालिका मार्फत वडा स्तरमा ब्यक्तिगत र स्थानीय निकायको स्वामित्वमा रहेको बांझो(खेति नभएको) जग्गा र जग्गाधनिको लगत तैयार गर्ने ।यसरी लगत तैयार गर्दा उपलब्ध जग्गाको क्षेत्रफल अनुसार ब्यक्तिलाई दिने र सामुहिक खेति गर्न सक्ने गरि जग्गाको दुई प्रकृतिको लगत बनाउने ।
२. वडा स्तरमा बैदेशिक रोजगारिबाट फर्केका र साना ब्यवसाय गरि लकडाउनको कारण बेरोजगार भएकाहरुको उनिहरुक सीप र ज्ञान अनुसारको अर्को लगत तैयार गर्ने ।
३. ब्यक्ति र स्थानीय निकायले लिजमन दिने जग्गाको लिज अवधि र आय बितरणको अनुपात निर्धारण गर्ने । ब्यक्तिको जग्गा खेति गर्न सक्ने गरि पहिलो प्राथमिक्ता जग्गाधनिलाई दिने ।निजले गर्न नसकेको जग्गा कम्तिमा १० बर्षको लागि गाउँंपालिका र नगरपालिकाले लिजमा लिने ।ब्यक्तिको जग्गाको आमदानिको २० प्रतिशत जग्गाधनिलाई, १० प्रतिशत गाउँंपालिका लाई, ७० प्रतिशत लिजमा खेति गर्नेलाई दिने ।
गाउँंपालिकाको जग्गाको हकमा २० प्रतिशत गाउँंपालिकालाई र ८० प्रतिशत लिज लिनेलाई दिने गरि नीति बनाउने ।आय बितरण प्रतिशतको सट्टा निश्चित रकममा पनि गर्न सकिन्छ ।
४. गाउँँपालिकाले खेति गर्न चाहने ब्यक्ति वा समुहलाई सब लिजमा दिने गरि समझौता गर्ने । अनिवार्य खेति गर्न प्रोत्साहन गर्ने र लिजमा लिई खेति नगर्नेलाई कार्यवाहिको भागिदार बनाउने ।
५. जग्गा ब्यक्तिलाई दिदा तराईमा न्युनतम ५ देखि ८ कठ्ठा र पहाडमा ३देखि ५ रोपनि तथा सामुहिक खेति वा सहकारि मार्फत गर्दा न्युनतम १ बिघा वा १५ रोपनि दिने ।कमर्सियल फार्मिङंको लागि पहाडमा ५० रोपनि र तराईमा ५० बिघा सहित सब्सिडि र कर छुटको ब्यवस्था गर्ने ।
६. लिजमा जग्गा दिदा कुल जग्गाको १० प्रतिशतमा तरकारी खेति,२० प्रतिशतमा फलफुल खेति र ७० प्रतिशतमा खाद्यान्न र अन्य बालि लगाउँने नीति बनाउने ।तरकारि खेतिले घरमा दैनिक उपभोग गर्न र बजारमा बिक्रि गरि नगद प्राप्त भई घर खर्च चलाउन सजिलो हुने ।
७. लकडाउनको कारण बेरोजगार हुने संग पुंजी हुदैन ।उनिहरुको जीवन निर्बाह पहिलो प्राथमिकता हुन्छ ।अतः राज्यले प्रधानमंत्री रोजगार कोषमा भएको ८ अर्ब १० करोड र बैदेशिक रोजगार कल्याणकारि कोषमा रहेको ५ अर्ब बाट श्रमिकले पाउने न्युनतम रकम १५००० को दरले ३ महिनाको लागि जीवन निर्बाह भत्ता उपलब्ध गराउने ।
८. जीवन निर्बाहको ग्यारेन्टि पछि निजको ज्ञान, सीप र गर्न सक्ने क्षमता अनुसार कृषि बिकास बैकं, साना किसान बैंक, लघुवित्त कम्पनी, सहकारी र अन्य वित्तीय संस्थामार्फत सरल तरिकाले काम अनुसार १देखि ३ लाख सम्मको कर्जा किस्ता किस्तामा निर्ब्याजि उपलब्ध गराउने । ब्याज सब्सिडि सरकारले बैकं वित्तीय संस्थालाई दिने । काममा सहजिकरण र अनुगमन गाउँपालिकाले गर्ने ।
९. तरकारि,खाद्यान्न,फलफुल र पशुपालन गर्न चाहिने बीउ बिजन,बेर्ना, रसायनिक मल,किटनाशक औषधि,चल्ला, पाठो आदि कृषि र पशु शाखाको समन्वयमा गाउँपालिकाले उपलब्ध गराउने ब्यवस्था गर्ने ।
यसको लागि सकभर प्रत्येक गाउँँपालिकामा सहकारि मोडल वा पब्लिक प्राईभेट पार्टनरसीप मोडलमा नर्सरी र पसल अनिवार्य रुपमा संचालन गर्न लाउने । यिनलाई शुरुमा स्थानीय निकाय वा सरकारबाट प्रोत्साहन र सब्सिडिको ब्यवस्था गर्ने ।
१०. प्राबिधिक सहयोग कृषि ब्यवसाय सफलताको लागि अति आवस्यक हुन्छ । सरकारको कृषि र पशु शाखाले प्रत्येक गाउँँ पालिका क्षेत्रमा ३र३ जना प्राबिधिकको सेवाको ब्यवस्था गर्ने ।यिनिहरुबाट नियमित निरिक्षण, अनुगमन, प्राबिधिक सल्लाह र रिपोर्टिङको ब्यवस्था गर्ने ।
११. सुचना र संचारले ठूलो फडको मारि सकेको छ । सो माध्यमबाट बेरोजगार तथा अन्यबाट संचालित तरकारि,खाद्यान्न,फलफुल र पशुपंक्षी बस्तु बिक्रिको नियमित छलफल, रेडयो एफ एम कार्यक्रम,भाईबर मैसेन्जर ग्रुपमा सुचना आदान प्रदान र बजार मुल्यको नियमित जानकारि दिने संयन्त्रको बिकास गर्ने ।कल सेन्टर यसमा उपयोगि हुन सक्छ ।
१२. प्रत्येक गाउँंपालिकामा सरकारि लगानिमा अथवा सब्सिडि दिएर स्थानीयको लगानिमा कोल्ड स्टोरेजको निर्माण गराउने र उत्पादित तरकारि, फलफुल न्युनतम दर रेटमा भण्डारण गर्ने सुबिधा दिने ।
१३. ग्रामिण क्षेत्रमा उत्पादित तरकारि र फलफुलले उचित बजार नपाउंदा फाल्नु पर्ने बाध्यता छ । बेरोजगारलाई खेतिमा लगाई उत्पादित बस्तुले उचित मूल्य र बजार पाएन भने निराश हुन्छन् ।
त्यसैले प्रत्येक गाउँंपालिका नगरपालिकाले सब्सिडि दिएर भए पनि अनिवार्य रुपमा थोक खरिद बिक्रि केन्द्रको संचालन गर्नु पर्ने । पब्लिक प्राईभेट लगानिमा या सहकारि मोडेलमा पनि खोल्न सकिन्छ ।
१४. कृषि उपजमा बिचौलियाहरुको बिगबिगि छ । कृषकले थोरै मूल्य पाउने र ग्राहकले महगों मूल्य तिर्नु पर्ने बाध्यता छ । यसलाई न्युनिकरण गरि तीन तह कृषक, थोकर खुद्रा बिक्रेता र उपभोक्ता गर्ने प्रयास गर्नु पर्ने । यसबाट बितरण खर्च न्यून भई कृषि उपजले उचित मूल्य पाउने ग्यारेन्टि हुन्छ ।
१५. विकट जिल्लामा उत्पादित तरकारि फलफुल नजिकको हाट बजार वा शहर सम्म पुर्याउन कृषकलाई ढुवानि सब्सिडि दिने वा उत्पादित केन्द्रबाट गाउँंपालिकाले उचित मुल्यमा संकलन गरि बिक्रि केन्द्र सम्म पुर्याउने ब्यवस्था गर्नु पर्ने ।
१६. कृषकको उत्पादनलाई उपभोग्य र बिक्रि योग्य बनाउन गुणस्तरिय र बिस्वसनिय पार्नु पर्छ । यसको लागि अर्गानिक खेतिलाई जोड दिने र उत्पादित उपज बजार पठाउनु अघि परिक्षण गर्न प्रत्येक गाउँंपालिकामा फुड क्वालिटि टेस्टिङं लैब स्थापना गर्नु पर्ने ।
यसरी उपरोक्त अनुसारको ब्यवस्था गरि दशौ लाखलाई रोजगार दिन,बाझो खेतलाई उत्पादनशिल बनाउन,कृषिमा आत्म निर्भर हुन र समग्रमा कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन सकिन्छ ।यस्को लागि कृषि मंत्रालय,प्रधानमंत्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक मंत्रालय र सम्बध्द निकाय बिच समन्वय गरि बिनियोजित बजेटलाई केन्द्रीकृत गरि एउटै ठाउबाट परिचालन गर्दा रोजगारि वृद्धि र कृषिमा क्रन्तिकारि परिवर्तन ल्याउन सकिन्छ ।

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...