जैविक मल बनाउने तरिका र तेस्को फाइदाहरु
जैविक बिषादी या झोल मल सजिलै बनाउन सकिन्छ। बातावरणीय हिसाबले र आफु र आफ्नो परिवारको स्वास्थको लागि एकदमै महत्वपूर्ण रहन्छ। खर्च नलाग्ने, आफ्नो खेरा गैरहेको समयको सदुप्रयोग, घरवरिपरी रहने जडीबुटी जस्तै सिस्नु, खिर्रो, गोलभेडाको पात, बकैनो, निम, सुर्ती, बनमारा, तितेपाती, तुलसीको पात , लसुन प्याजको पात, सुन्तालाको बोक्रा आदि गन्ध आउने विभिन्न बनस्पतिको सजिलै उपलब्ध र सदुप्रयोग सजिलै गर्न सकिन्छ।
बनाउने तरिका :
- १० के.जी बनस्पतिलाइ ड्रममा राखने।
- ५ लिटर गाईको पिसाब हाल्ने ।
- १ के. जी. EM( इफेकटिब माइक्रोअर्गानिजम) मिसाउने ।
- १ के.जी. खरानी र गोबर मिसाउने र राम्ररी चलाएर बिर्को लगाएर राखने।
- करिब १५ दिनमा ( गर्मीमा) र जाडो मौसममा २० दिनमा यो बिषादी प्रयोग योग्य हन्छ।
प्रयोग बिधि:
३ भाग पानीमा १ भाग बिषादी मिसाएर स्प्रयेरले छर्ने ।
फाइदाहरु
- किरा र रोग बाट बचाउने
- Urea र potash को मात्रा बिरुवालाई प्रदान गर्ने
- सुष्म तत्व बिरुवालाई प्रदान गर्ने
- स्वास्थ हिसाबले पनि सुरक्षित
- कम खर्चमा बन्ने जसले गर्दा फार्मको खर्चनि घट्ने
- बजारमा तरकारीको भाउपनि उचित पाइने
- गाई, भैसीको पिसाबको पनि उचित व्यस्थापन
Comments
Post a Comment