Skip to main content

Posts

Showing posts from July, 2018
जैविक मल बनाउने तरिका र तेस्को फाइदाहरु July  23, 2018 जैविक बिषादी या झोल मल सजिलै बनाउन सकिन्छ। बातावरणीय हिसाबले र आफु र आफ्नो परिवारको स्वास्थको लागि एकदमै महत्वपूर्ण रहन्छ।   खर्च नलाग्ने, आफ्नो खेरा गैरहेको समयको सदुप्रयोग, घरवरिपरी रहने जडीबुटी जस्तै सिस्नु, खिर्रो, गोलभेडाको पात, बकैनो, निम ,  सुर्ती, बनमारा, तितेपाती, तुलसीको पात , लसुन प्याजको पात, सुन्तालाको बोक्रा आदि गन्ध आउने विभिन्न बनस्पतिको सजिलै उपलब्ध र सदुप्रयोग सजिलै गर्न सकिन्छ। बनाउने तरिका : -      जम्मा पारिएको बनस्पति हरुलाई सानो टुक्रा पार्ने। -      १० के.जी बनस्पतिलाइ ड्रममा राखने। -      ५ लिटर गाईको पिसाब हाल्ने । -      १ के. जी.  EM ( इफेकटिब माइक्रोअर्गानिजम) मिसाउने । -      १ के.जी. खरानी र गोबर मिसाउने र राम्ररी चलाएर बिर्को लगाएर राखने। -      करिब १५ दिनमा ( गर्मीमा) र जाडो मौसममा २० दिनमा यो बिषादी प्रयोग योग्य...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...