Skip to main content

आमाबाबु र छोराछोरी

वैशाख १७, २०७३- 
हरेक आमाबाबुलाई लाग्छ आफ्ना छोराछोरी जहिलेपनि सानै छन् केही बुझ्दैनन । त्यसैगरि हरेक छोराछोरीलाई लाग्छ आमाबाबु पुरातन विचारका छन् केही बुझ्दैनन् । यो हरेक पुस्ताको साझा समस्या र विरोधाभाष पनि हो । आमाबाबुको ईच्छा हुन्छ छोराछोरीले आफूले भोगेको जिन्दगीबाट केही पाठ सिकून । आफूले गरेको गल्ती नदोहोऱ्याउन् । आफूले देखाएको बाटोमा हिंडून, पढून, आफनो नजरबाटै दुनियाँलाई हेरुन् । 
शास्त्रमा भनिएको छ
उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता ।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।।
अर्थात् दशजना उपाध्यायभन्दा बढी एकजना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा सन्तानका लागि महत्वपूर्ण हुन्छिन् । त्यसैले सन्तानहरुलाई कसरी अभिमुखिकरण गर्ने भन्ने कुरामा यी सबैको विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका हुन्छ । 
तर सानो बेलादेखिनै झोला बोकेर घरबाट निस्केपछि उनीहरुको अर्को दुनियाँपनि निर्माण भएको हुन्छ । वास्तवमा घरभित्रभन्दा बाहिरनै छोराछोरीको धेरै समय वितिरहेको हुन्छ ।  साथीहरुको दुनियाँ, शिक्षकहरुको दुनियाँ, कार्यालयको दुनियाँ जे होस घर बाहेकको बाहिरी अनेक दुनियाँ । यदाकदा समाचारमा आएजस्तै सानो छँदा आफ्नै शिक्षक वा नातेदारले यौन शोषणनै गरिरहेको पनि हुनसक्छ जुनकुरा भन्न र अभिभावकले बुझ्न सकिरहेका हुँदैनन् । आफ्ना कुरा भन्न धक लाग्ने, लाज लाग्ने, डर लाग्ने बेला हुन्छ । यी कुरा छोराछोरीले व्यक्त गर्न पनि सक्छन् नगर्न पनि, जुन उनीहरुको स्वभावमा भरपर्छ । परिस्थित हेरेर र आफ्ना सन्तानको मनोविज्ञान बुझन सक्नुपर्छ र त्यही अनुसार व्यवहार गर्नुपर्छ । एकोहोरो आफ्ना कुरामात्र लादने भुल कदापी गर्नुहुँदैन । 

सायद थाहा भएरै पनि होला अभिभावकहरु बुझाउन चाहन्छन् । तिम्रो त्यो बाहिरी दुनियाँको बाटो यस्तो छ है, त्यहाँनेर एउटा ठूलो खाडल छ होस गर्नु है, त्यहाँ पुगेपछि एउटा मोड आउँछ ख्याल गर्नु है । उनीहरु सचेत गराउन चाहन्छन्, पूर्वजानकारी गराउन चाहन्छन् । यता छोराछोरी भने यो दुनियाँमा कसैले हस्तक्षेप नगरोस् भन्ने चाहन्छन् । आफै भोगेर अनुभव गर्न चाहन्छन् । यसो गर्ने सिलसिलामा उनीहरु कति ठाउँमा पछारिन्छन् । यो संसारमा धेरै छोराछोरीले नहिंड भनेको बाटो हिंडेरनै, सक्दैनस् भनेको काम सकेरनै, पुग्दैनस् भनेको ठाउँमा पुगेरनै नयाँ नयाँ इतिहास रचेकाछन् र बाआमाको छाती गर्वले फुलाएका पनि छन । त्यस्तो जोखिम मोलेर अघि बढेका कति सन्तान बारबार असफल भएभने चाहिँ भन्दाभन्दै नटेरेर त्यसो गरेको हुँदा हप्की खाने डरले वा लाज संकोचले घरमा नभनी समस्याको समाधान पनि बाहिरनै खोज्न थाल्छन् र सकेनन् भने बरालिन्छन् र गलत बाटो पनि अँगाल्न पुग्छन् ।

बाहिरी दुनियाँमा भोगेको धेरै कुरा अभिभावकहरुलाई थाहै हुँदैन । छोराछोरीले कतिखेर ढाँटे भनेर बुझ्न सक्नु, स्वभाव र व्यवहारमा आएको परिवर्तनलाई पर्गेलेर समस्या समाधानको मियो बनिदिनु पनि अभिभावकको दायित्व हो । अभिभावकहरुको माया र जिम्मेवारी एक ठाउँमा छ तर त्यतिले मात्रले पनि छोराछोरीको मन र दिमाग भरिन्न । खान दिएकै छौं, लाउन दिएकै छौं, पढन पठाएकै छौं भनेर पुग्दैन ।

समय र उमेरसँगै त्यो भन्दा बाहेकपनि छोराछोरीका इच्छा र चाहना हुन्छन् भन्ने कुरालाई नजरअन्दाज गर्नुहुन्न । छोराछोरी भनेको आफ्ना इच्छाका दास र कठपुतलीमात्र हुन् भन्ने भूल कदापि गर्नु हुन्न । उनीहरुलाई खुल्ला आकाशमा उड्न दिनुपर्छ तर लट्टाई चाहिं आफ्नो हातमा राख्नुपर्छ । नियन्त्रण हैन निगरानी चाहिं गरिराख्नुपर्छ । 

अर्को कुरा ज्योतिषले यस्तो उस्तो बन्छ भनिदिएको भरमा र आफ्नो कुण्ठा र इच्छा लादन सन्तानलाई यस्तो पढ् यसो गर भन्नुभन्दा पनि उनीहरु केमा रमाउँछन् के गर्दा सन्तुष्ट हुन्छन् त्यसलाई ध्यान दिनुपर्छ । मन एकातिर र दिमाग अर्कोतिर भएमा राम्रो नतिजा कहिल्यै आउँदैन र लगानी समेत खेर जान्छ । आमाबाबुले मलाई बुझेनन् र छोराछोरीले मलाई टेरेनन् भन्ने वातावरण मेट्नपनि एकअर्काप्रतिको विश्वास कायम राख्दै अघि बढनसके दुवैविच गुनासो रहनेछैन ।

पढाई सकिएपछि र उमेर भएपछि उत्पन्न हुने अर्को समस्या भनेको जीवनसाथी रोज्ने सवालमा हो । उमेरको विकाससँगै छोराछोरीको प्रेम सम्वन्ध हुन सक्छ । त्यो थाहा पाएर हरेक आमाबाबुलाई लाग्ला यिनीहरुले बाटो बिराए, आफनो नाक काटे । उमेर पुगेपछि आफ्नो सन्तान स्वतन्त्र मानिस पनि भए मतदान गर्न लायक देशको नागरिक पनि भए भन्ने यथार्थलाई अंगीकार गर्नुपर्छ । देशको नेता चुन्ने अधिकार भएको आफ्नो सन्तानलाई जीवनसाथी चुन्न पनि योग्य नसम्झने अविश्वास पनि गर्न हुन्न ।

यसलाई स्वाभाविक तरिकाले लिंदै बरु थप मार्गदर्शन गर्न सके र असल साथी चुन्ने तौरतरिका सिकाए उनीहरुको वृतिविकासमा अझ सहयोग पुग्नसक्छ । समझदारीले आमाबाबु र छोराछोरीबीचको प्रेम अझ घनीभूत भईरहन्छ । आमाबाबुको र छोराछोरीको मापदण्ड फरक पर्नसक्छ । जात, धर्म, खानदान पहिलेका मापदण्डमा पर्थे भने अहिले शिक्षा, समझदारी र जीवनको साझा लक्ष्यले सम्वन्ध निर्माण भईरहेको हुन्छ । धनी परिवार भन्दा शिक्षित र समझदार परिवार रोज्न आमाबाबुले कन्जुस्याईं गर्नुहुँदैन । सन्तानलाई टाढाटाढा बनाउनुभन्दा कसरी नजिक बनाउने र कसरी असमझदारी घटाउने भनेर अभिभावक सचेत रहनुपर्छ । पखेटा लागेपछि पंक्षी त उडछन् भने छोराछोरीलाई कैद गरेर राख्छु भन्ने मूर्खता पनि गर्नुहुन्न । छोराछोरीले पनि आफ्नो कर्तव्यपालन गर्दै अभिभावकलाई विश्वासमा लिँदै अघि बढे सम्वन्ध र वातावरण सँधै सुमधुर बनिरहन्छ । 

चाणक्यले भनेका छन् सन्तानलाई पाँच वर्षसम्म लाडप्यार गर्नु, दश वर्षसम्म हप्कीदप्की लगाई असल काममा लगाउनु र सोह्र वर्ष भएपछि मित्रजस्तै व्यवहार गर्नु ।  

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...