Skip to main content

नीति तथा कार्यक्रममा दुवै छिमेकीसँग सहकार्यमा जोड

  • बिमस्टेकको चौथो शिखर सम्मेलन गर्ने तयारी
  • प्रतिरक्षा सम्बन्धी नीति बनाउने
वैशाख २६, २०७३- सरकारले आइतबार ल्याएको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा मित्र राष्ट्रहरूसँगको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
असोज ३ मा नयाँ संविधान जारी र त्यसपछिको अघोषित भारतीय नाकाबन्दी, राष्ट्रपति विद्यादेवी भण्डारी आसन्न भारत भ्रमण रद्द र दिल्लीस्थित भारतका लागि नेपालका राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयले भारत र नेपाल बीचको सम्बन्ध चिसिएका बेला सरकारले मित्रराष्ट्रहरूसित सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
राष्ट्रपति भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा भने छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई पारस्परिक हित, समानता, सहयोग र सौहार्दताको आधारमा अझ सुदृढ गरिने उल्लेख छ । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीद्वारा दुवै मित्र राष्ट्रहरुको राजकीय एवं औपचारिक भ्रमणका क्रममा भए गरिएका दुई पक्षीय सन्धी, सम्झौता र समझदारी अनुरूप परियोजना र कार्यक्रमहरूलाई कार्यान्वयन गरिने छ ।’
ओलीको फागुनमा भारत भ्रमणका क्रममा भएका विभिन्न सम्झौता मध्ये विसाखापट्टनम बन्दरगाह प्रयोग गर्ने समझदारी मात्रै महत्वपूर्ण कामा हो । तर भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि चैतमा चीन भ्रमणका दौरान प्रधानमन्त्री ओलीले पहिलो पटक पारवहन सुविधा प्राप्त गर्ने सम्झौता गरे । यस्तै, अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी र किमांथान्का नाका सडक स्तरोन्नति र निर्माण गर्ने पनि सम्झौता भएको थियो । ती महत्वपूर्ण सम्झौताहरूलाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।  
यस्तै, अरनिको राजमार्गको स्तरोन्नति सहित तातोपानी भन्सार नाका संचालन गर्ने र रसुवागढी-पोखरा-लुम्बिनी रेल यातायात निर्माण कार्य अगाडि बढाउने जस्ता कार्यहरु प्राथमिकताका साथ अघि दुई देश बीच गृहकार्य भइरहेको छ ।
सरकारले दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) र बिमस्टेकमा सक्रिय भूमिका निर्वाह गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन गरिने भनिएको छ । नेपालले यसै वर्ष बिमस्टेकको चौथो शिखर सम्मेलन गर्न गर्ने कार्यक्रम रहेको छ ।
प्रतिरक्षा सम्बन्धी नीति बनाउने
सरकारले नीति तथा कार्यक्रममा नेपालको समग्र राष्ट्रिय हितका लागि राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्दै प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषदकोबसेको बैंठकले रक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय सुरक्षा नीतिलाई मन्त्री परिषद्मा लैजान सिफारिस गरेको छ । मन्त्री परिषद्ले पारित गरेपछि नीति स्वत लागु हुनेछ ।
यस्तै, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी कानुन तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । रक्षा मन्त्रालयले सुरक्षा परिषदको ऐन निर्माणका लागि संसदमा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले परिषदो ऐन पहिलो पटक ल्याउन लागेको हो ।
नेपाली सेनालाई समयानुकुल साधन, स्रोत सम्पन्न र सक्षम बनाउदै विपद् व्यवस्थापन एवं मुलुकको पूर्वाधार विकासमा सहभागी गराउने कार्यलाई निरन्तरता दिइने राष्ट्रपति भण्डारीले बताइन् । गत वर्ष वैशाख १२ मा गएको भूकम्पमा राहत र उद्धारमा असहज देखिएकोले उक्त क्षमतालाई अभिवृद्धि गर्न सरकारले प्राथमिकता दिएको हो ।
त्यहि अनुसार सेनाले विपद् व्यवस्थापनलाई सामना गर्न ३ बर्षका लागि २० अर्बको योजना सरकार समक्ष प्रस्तुत गरिसकेको छ । जसमा हेलिकप्टर, हवाईजहाजदेखि प्राविधिक सामाग्रीहरूलगायत छन् ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको योगदानमा बृद्धि गरिने भनिएको छ । सेनाले ल्याएको उक्त प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो । अब कुल नेपाली सेनाले १० प्रतिशतले शान्ती स्थापनाका लागि मिसनमा जान पाउने छन् । यस अघि सेनाले एक वर्षमा ५ हजारभन्दा बढी मिसनमा पठाउन पाउने थिएन ।
राष्ट्रिय सेवा दल विस्तार गरि युवालाई राष्ट्र निर्माणमा सहभागि तुल्याइने छ । राष्ट्रिय सेवा दलले यस आर्थिक वर्षमा २ हजारलाई प्रशिक्षण दिएकोमा आगामी आर्थिक वर्षमा त्यसको दोब्बर ४ हजारलाई प्रशिक्षण दिने योजना सरकारलाई बुझाइसकेको छ । विश्वशान्तिको प्रवर्धनका लागि सयुक्त राष्ट्रसंघमा नेपालले खेल्दै आएको भूमिकालाई अझै प्रभावकारी बनाइने भनिएको छ । साथै, अति कम विकसित तथा भूपरिवेष्ठित मुलुकहरुका आधारितका लागि नेपालले अन्तर्राष्ट्रिय मन्चमा सक्रिय भुमिका निवार्ह गर्ने उल्लेछ । राष्ट्रपति भण्डारीले भनिन्,‘परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीति बीच सामञ्जस्य कायम गरिने छ ।’

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...