Skip to main content

Posts

Showing posts from May, 2016

Visits and memory

आमाबाबु  र छोराछोरी -  अविरल थापा वैशाख १७, २०७३-  हरेक आमाबाबुलाई लाग्छ आफ्ना छोराछोरी जहिलेपनि सानै छन् केही बुझ्दैनन । त्यसैगरि हरेक छोराछोरीलाई लाग्छ आमाबाबु पुरातन विचारका छन् केही बुझ्दैनन् । यो हरेक पुस्ताको साझा समस्या र विरोधाभाष पनि हो । आमाबाबुको ईच्छा हुन्छ छोराछोरीले आफूले भोगेको जिन्दगीबाट केही पाठ सिकून । आफूले गरेको गल्ती नदोहोऱ्याउन् । आफूले देखाएको बाटोमा हिंडून, पढून, आफनो नजरबाटै दुनियाँलाई हेरुन् ।  शास्त्रमा भनिएको छ उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।। अर्थात् दशजना उपाध्यायभन्दा बढी एकजना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा सन्तानका लागि महत्वपूर्ण हुन्छिन् । त्यसैले सन्तानहरुलाई कसरी अभिमुखिकरण गर्ने भन्ने कुरामा यी सबैको विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका हुन्छ ।  तर सानो बेलादेखिनै झोला बोकेर घरबाट निस्केपछि उनीहरुको अर्को दुनियाँपनि निर्माण भएको हुन्छ । वास्तवमा घरभित्रभन्दा बाहिरनै छोराछोरीको धेरै समय वितिरहेको हुन्छ ।  साथीहरुको दुनिय...
नीति तथा कार्यक्रममा दुवै छिमेकीसँग सहकार्यमा जोड बिमस्टेकको चौथो शिखर सम्मेलन गर्ने तयारी प्रतिरक्षा सम्बन्धी नीति बनाउने तस्बिर : अंगद ढकाल/कान्तिपुर वैशाख २६, २०७३- सरकारले आइतबार ल्याएको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा मित्र राष्ट्रहरूसँगको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । असोज ३ मा नयाँ संविधान जारी र त्यसपछिको अघोषित भारतीय नाकाबन्दी, राष्ट्रपति विद्यादेवी भण्डारी आसन्न भारत भ्रमण रद्द र दिल्लीस्थित भारतका लागि नेपालका राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयले भारत र नेपाल बीचको सम्बन्ध चिसिएका बेला सरकारले मित्रराष्ट्रहरूसित सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । राष्ट्रपति भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा भने छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई पारस्परिक हित, समानता, सहयोग र सौहार्दताको आधारमा अझ सुदृढ गरिने उल्लेख छ । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीद्वारा दुवै मित्र राष्ट्रहरुको राजकीय एवं औपचारिक भ्रमणका क्रममा भए गरिएका दुई पक्षीय सन्धी, सम्...