Skip to main content

बढ्यो सोलार प्यानलको व्यापार, यस्तो छ मूल्य !


  • कुन प्रयोजनका लागि कति वाट आवश्यक ?

शहरी तथा ग्रामीण क्षेत्रमा सोलार प्रयोग गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ। विद्युतको पहुँच भएको ठाउँमा बढ्दो लोडसेडिङको समस्याबाट मुक्त रहन र विद्युतको पहुँच नभएको ठाउँमा बत्ति बाल्नका लागि सोलार जडान गर्नेको सङ्ख्या बढ्दो छ।
केही वर्षअघिसम्म ग्रामीण क्षेत्रमा लोकप्रियता कमाएको सौर्य उर्जा अहिले लोडसेडिङको समस्याले गर्दा शहरी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ। अहिले व्यक्तिगत, संस्थागत, सरकारी र गैह्रसरकारी संस्थामा पनि सौर्य उर्जा जडान गर्नेको सङ्ख्या वार्षिक रुपमा १०  प्रतिशतले बढ्दै गएको नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष दिप बहादुर शाहीले बताए। व्यवसायी, वैकल्पिक उर्जा र डोनरहरुको तालमेल नमिल्दा उपभोक्ता भने मारमा परेको उनको भनाई छ।
‘सरकारी नीति–नियमले गर्दा यसको व्यापारमा कुनै घटबढ देखिएको छैन, तर यस क्षेत्रका सम्वन्धित निकायहरुबीच तालमेल हुनु जरुरी छ’ उनले भने। सरकारी र गैह्रसरकारी संस्थाहरुमा दिउँसोको समयमा कार्यालय कामकाजको लागि समेत सौर्य उर्जाको प्रयोग हुने गरेकोे शाहीको भनाई छ।
नेपालमा अहिले नेपाल सौर्य विद्युत उत्पादक संघमा आबद्ध भई वायो इनर्जी, धौलागिरी, नवीकरणीय उर्जा, टपसन लगायत १ सय २ वटा भन्दा बढी कम्पनीले सोलार प्यानलको व्यवसाय गरिरहेका छन्। यसरी व्यापार गरिरहेका सोलार प्यानल भने भारत, चीन, जापान लगायत देशबाट आयात गरिने गरेको शाहीले जानकारी दिए। उनका अनुसार सोलारमा वार्षिक १३ अर्ब भन्दा बढीको कारोबार हुने गरेको छ। 
बजारमा कम्तीमा ५ वाटदेखि बढीमा ६ सय किलोवाट सम्मका सोलारहरु उपलव्ध हुने उनले जानकारी दिए। न्यूनतम ५ वाटको सोलार ३ हजार रुपैयाँदेखि ६ सय किलो वाटको लाखौं रुपैयाँसम्म सौर्य विद्युतको व्यापार भइरहेको शाहीले बताए।  यसरी प्रयोगमा आएको सौर्य विद्युत प्यानलको २५ वर्ष वारेन्टी र व्याट्रीमा ३ वर्षसम्मको वारेन्टी रहने उनको तर्क छ।
कति वाट सौर्य प्यानकको मूल्य कति ?
५ वाट सौलार प्यानलको मूल्य ३ हजार देखि ३५ सय रुपैयाँ रहेको छ। यसबाट एउटा चिम ६ देखि ७ घण्टा सम्म बाल्न सकिन्छ र एउटा मोबाइल चार्ज गर्न पनि सकिन्छ। यसमा २३ सय देखि ३२ सय मिलि एम्पायर सम्मको व्याट्री रहेको हुन्छ।
१० वाट सोलार प्यानलको मूल्य ६५ सय देखि ७ हजार रुपैयाँसम्म रहेको छ। यसबाट २ वटा चिम बाल्न र २ वटा मोबाइल चार्ज गर्न सकिन्छ। यसमा ४ देखि ७ एम्पायर सम्मको व्याट्री चार्ज गर्न सकिन्छ।
२० वाट सौलार प्यानलको मूल्य ९ हजार देखि ११ हजार रुपैयाँ रहेको छ। यसमा २० देखि २३ एम्पायरसम्मको व्याट्री चार्ज गर्न सकिने क्षमता रहेको हुन्छ। यसबाट बढीमा ४ वटा चिम ६–७ घण्टासम्म बाल्न र ३ वटा मोबाइल समेत चार्ज गर्न मिल्छ।
४० वाट सोलार प्यानलको  मूल्य १४ हजार देखि १७ हजार रुपैयाँसम्म रहेको छ। यसमा ४० देखि ५५ एम्पायरको व्याट्री चार्ज गर्न सकिने क्षमता रहेको हुन्छ। यसबाट ६ वटासम्म बत्ति बाल्न र ४ वटा मोबाइल सम्म चार्ज गर्न मिल्छ। 
५० वाट सोलार प्यानलको मूल्य बढीमा २२ हजार रहेको छ। यसमा ५५ एम्पायरसम्मको व्याट्री चार्ज गर्न सकिने क्षमता रहेको हुन्छ। यसबाट  ८ वटासम्म बत्ति बाल्न सकिन्छ।
८० वाट  सौलार प्यानलको मूल्य बढीमा २८ हजार रहेको छ। यसका ६५ देखि ८० एम्पायरसम्मको े व्याट्री चार्ज गर्न सकिने क्षमता रहेको हुन्छ। यसबाट एलइडी सामान्य टिभी समेत हेर्न सकिन्छ।
१०० वाट सोलार प्यानलको मूल्य बढीमा ३२ हजार देखि ३५ हजार रुपैयाँसम्म रहेको छ। यसमा सय एम्पायर सम्मको व्याट्री चार्ज गर्न सकिने क्षमता रहेको हुन्छ।  १ किलो वाटको सोलार प्यानलका मूल्य ३ लाख रुपैयाँ रहेको छ।
कुन प्रयोजनको लागि कति वाट सोलार प्यानलको आवश्यक र मूल्य कति ?
सामान्यत घरमा दुई वटा बत्ति बाल्न र  एउटा मोबाइल चार्ज गर्नको लागि १० देखि १५ वाटसम्मका सौलार प्यानलको आवश्यक पर्छ। यसको लागि ग्राहकले ६५ सय देखि ७ हजार रपैयाँसम्म  तिर्नुपर्ने हुन्छ। यसबाहेक ग्राहकले जडान शूल्क भने आफैले तिर्नु पर्ने हुन्छ। कम्पनीले यसको लागि आवश्यक व्याट्री र बत्तिको बल्ब भने यही मूल्यमा दिन्छ।
त्यस्तै सामान्यत घरमा ६ वटा बत्ति बाल्न, सामान्य खालको एलइडी टिभी हेर्न र ३ वटा जति मोबाइल चार्ज गर्नको लागि ५० देखि ८० वाट सौलार प्यानलको आवश्यक पर्छ। यसको लागि ग्राहकले २२ देखि २८ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्ने हुन्छ।  यसबाहेक ग्राहकले जडान शूल्क भने आफैले तिर्नु पर्ने हुन्छ। कम्पनीले यसको लागि आवश्यक व्याट्री र बत्तिको बल्ब भने यही मूल्यमा पाइन्छ। यसबाहेक ग्राहकले जडान शूल्क भने आफैले तिर्नु पर्ने हुन्छ।
त्यस्तै राम्रो खालको एलइडी टिभी हेर्न, एउटा कम्प्युटर चलाउन, १० वटा जति बत्ति बाल्न र ५ वटा जति मोबाइल चार्ज गर्नका लागि १ सय २० वाट देखि २ सय वाटसम्मको क्षमता भएको सौलार प्यानलको आवश्यक पर्छ। यसको मूल्य ५० हजार देखि ६० हजार रुपैयाँसम्म पर्छ।
साथै एलइडी टिभी हेर्न, एउटा कम्प्युटर चलाउन, १० वटा जति बत्ति बाल्न र ५ वटा जति मोबाइल चार्ज गर्न र धाराको तथा ट्याङ्ककीबाट पानी हाइटमा पु¥याउन कम्तिमा ५ सय वाट देखि १ किलो वटासम्म क्षमता भएका सोलार प्यानलको आवश्यक पर्छ। यसको लागि ग्राहकले १ लाख ५० हजार देखि ३ लाख रुपैयाँसम्म तिर्नु पर्छ।
त्यस्तै अफिसको  लागि ७ वटा जति कम्युटर चलाउनको लागि र माथिको सबै सेवा लिनको लागि कम्तिमा पनि १५ सय वाटसम्मको क्षमता भएका सोलार प्यानलको आवश्यक पर्छ। यसको लागि ग्राहकले २ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ।

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...