Skip to main content

यसरी जारी हुँदैछ संविधान, चालु प्रक्रियाबारे बुझ्नुपर्ने ६ कुरा

भाद्र २८, २०७२- संविधानसभामा नयाँ संविधान दफावार रुपमा पारित हुने क्रम जारी छ । यसको प्रक्रियागत, शब्दावली र प्राविधिक पक्षबारे संविधान निर्माण प्रक्रियासँग अभ्यस्त नभइसकेका पाठकलाई अलमल पनि हुन सक्छ । स्पष्टताका लागि अन्तरिम संविधान र कार्यविधिमा आधारित रहेर यो सामग्री तयार पारिएको हो ।  

१. ह्वीप
संविधानसभामा दलको बाध्यात्मक निर्देशन अर्थात् ह्वीप लागू हुँदैन । सभासदले आफूले मन लागेको पक्ष वा विपक्षमा मतदान गर्न, संशोधन प्रस्ताव गर्न स्वतन्त्र हुन्छ । तर, सबैजसो सभासद कुनै न कुनै दलमा आबद्ध भएकाले उनीहरूका पार्टीले पार्टी विधानअनुसार निर्देशन जारी गरेका छन् । पार्टीहरूले आफ्ना सभासदलाई कार्यकर्ताका हैसियतले निर्देशन दिएका छन् र अनुशासनमा बाँधेका छन् ।

त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत दलले आफ्ना सभासदले राखेका संशोधन प्रस्ताव फिर्ता गर्न लगाए । लिखित मतदान हुँदा सभासदले आफ्नो नामको अगाडि हस्ताक्षर गर्नुपर्छ । कुन सभासदले कतापट्टि मतदान गर्‍यो भन्ने थाहा हुन्छ । त्यसैले दलहरूले कारवाहीको विषय बनाउन सक्छन् ।

२. दुई तिहाई
संविधानसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई अनिवार्य उपस्थिति हुनुपर्छ । र, उपस्थितिको दुई तिहाईले समर्थन गरेमा संविधान पारित हुन्छ । जस्तो, ५९८ मध्ये ५४० सभासद उपस्थित हुँदा यो उपस्थिति ९०.३१ प्रतिशत भयो ।

त्यसको दुई तिहाई पुर्‍याउन ३६० जनाले समर्थन गर्नुपर्छ । तर, संविधानसभामा ३९९ जना मात्र उपस्थित भए पनि संविधान पारित गर्न बाधा पुग्दैन । ३९९ उपस्थित हुँदा २६६ जनाले समर्थन गरे पनि संविधान पारित हुन्छ ।

३. ध्वनि मत र लिखित मतदान
संविधानका धाराहरू सामान्यत: ध्वनि मत अर्थात् हुन्छ र हुन्न भनेका आधारमा पारित हुन्छन् । तर, कुनै सभासदले लिखित मतदानको माग गर्न सक्छ । यो माग पूरा हुनका लागि संविधानसभाका सदस्य संख्याको १० प्रतिशत अर्थात् ६० जना सभासदको समर्थन आवश्यक पर्छ ।

जस्तो कि राप्रपा नेपालले धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थामा लिखित मतदानको माग गर्दा उसले १० प्रतिशत सभासद पुर्‍याउन नसकेन र उसको मागै अस्वीकृत भयो ।

४. राष्ट्रपतिले पढ्न नपर्ने
अन्य कानुनहरू व्यवस्थापिका संसदले पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति कार्यालयमा जान्छ । उक्त कार्यालयको संवैधानिक तथा कानुनी मामिलाका विज्ञमण्डली समेतले अध्ययन गरेपछि राष्ट्रपतिले लालमोहर लगाउँछन् । तर, मुलुकको मूल कानुन पारित भएपछि राष्ट्रपति कार्यालयमा पठाउनु आवश्यक छैन ।

किनभने, संविधानसभाले पारित गरेपछि सबै सभासदहरूले हस्ताक्षर गर्छन् । सभाध्यक्षले प्रमाणीकरण गर्छन् । र, जारी गर्ने दिनमा विशेष समारोह आयोजना गरी त्यहीँ राष्ट्रपतिले पुस्तक विमोचन शैलीमा आजका मितिदेखि जारी भएको घोषणा गर्छन् ।

५. जारी गर्ने मिति
जारी गर्ने मिति विभिन्न अनुकूलताहरूको विश्लेषण गरी तय गरिनेछ । जस्तो कि राष्ट्रिय चाडपर्व, सामाजिक सांस्कृतिक मान्यता, प्राविधिक तयारी, ऐतिहासिक तिथि, शीर्ष नेताहरूबीचको सहमति लगायत कुराले प्रभाव पार्न सक्छ । जारी गर्ने समारोहलाई भव्यताका साथ सम्पन्न गर्न विशेष तयारी संविधानसभा सचिवालयले गरेको छ ।

संविधानसभा भवनको मूल बैठक कक्ष, भवन बाहिर वा अन्यत्र कता गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । तर, देश–विदेशका विशिष्ट अतिथि, हर्ष बढाइँ गर्ने सेनाका टुडीहरू समेत रहने भएकाले संविधानसभा भवनलाई नै संविधान जारी गर्ने ठाउँका रुपमा चयन गरिएको छ ।

६. संविधानसभा विघटन
२७ भदौमा बोल्ने शीर्षस्थ नेताहरूले आफ्नो भाषणलाई संविधानसभाको अन्तिम भाषण भनिसकेका छन् । संविधान जारी भएसँगै संविधानसभा स्वत: विघटन हुनेछ । तर, यही ६ सय १ सदस्यीय संरचनाले नै व्यवस्थापिका संसदको काम गर्नेछ । 

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...