लक डाउन पछिको कृषि उत्पादकत्व बढाउनका लागि बिज्ञका १६ टिप्स विश्वका २ सय भन्दा बढि मुलुकहरू कोरोना भाइरस संक्रमणसँग एकै पटक जुधिरहेका छन् । गरिवदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पीडित छन् । नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पुर्ण रुपमा लकडाउनमा छ । उद्याेग–व्यवसायहरू बन्द अवस्थामा छन् । संगठित तथा असंगठित क्षेत्रका गरि १० लाख भन्दा बढि ब्यक्ति बेरोजगार भैसकेका छन् । बिदेशमा कार्यरत ४० लाख श्रम शक्ति मध्ये ३० प्रतिशत जति उतै बेरोजगार भैसकेका छन् र देश फर्कने आशामा छन् । अमेरिका, अष्ट्रेलिया, युरोप अध्यन गर्न गएका लाखौ बिध्यार्थि पनि यो संकटमा आफ्नै देश फर्कने सोचमादेखिन्छन् । यसरी २५देखि ३० लाख वेरोजगारलाई व्यवस्थापन गर्ने चुनौति सरकारको सामु आउन थालेको छ । लकडाउनको कारण सरकारको राजस्व, लक्ष अनुसार उठन सकेको छैन । राजस्वको प्रमुख श्रोत आयात लकडाउन पछि पुँजीको अभावमा खुम्चिने पक्कै छ । विश्व बैंकले भने अनुसार रेमिटान्स १४ प्रतिशतले घटने सम्भावना देखिन्छ । छिमेकी र विकसित मुलुक पनि कोरोनासँग लडिरहेकोले विदेशि सहायता आउने सम...