बढ्यो सोलार प्यानलको व्यापार, यस्तो छ मूल्य ! कुन प्रयोजनका लागि कति वाट आवश्यक ? शहरी तथा ग्रामीण क्षेत्रमा सोलार प्रयोग गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ। विद्युतको पहुँच भएको ठाउँमा बढ्दो लोडसेडिङको समस्याबाट मुक्त रहन र विद्युतको पहुँच नभएको ठाउँमा बत्ति बाल्नका लागि सोलार जडान गर्नेको सङ्ख्या बढ्दो छ। केही वर्षअघिसम्म ग्रामीण क्षेत्रमा लोकप्रियता कमाएको सौर्य उर्जा अहिले लोडसेडिङको समस्याले गर्दा शहरी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ। अहिले व्यक्तिगत, संस्थागत, सरकारी र गैह्रसरकारी संस्थामा पनि सौर्य उर्जा जडान गर्नेको सङ्ख्या वार्षिक रुपमा १० प्रतिशतले बढ्दै गएको नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष दिप बहादुर शाहीले बताए। व्यवसायी, वैकल्पिक उर्जा र डोनरहरुको तालमेल नमिल्दा उपभोक्ता भने मारमा परेको उनको भनाई छ। ‘सरकारी नीति–नियमले गर्दा यसको व्यापारमा कुनै घटबढ देखिएको छैन, तर यस क्षेत्रका सम्वन्धित निकायहरुबीच तालमेल हुनु जरुरी छ’ उनले भने। सरकारी र गैह्रसरकारी संस्थाहरुमा दिउँसोको समयमा कार्यालय कामकाजको लागि समेत सौर्य उर्जाको प्रयोग ...