Skip to main content

Posts

Showing posts from July, 2017
आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड १ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत  २ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत  ३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत बजेटको स्रोत   राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब स्थानीय तह- निसर्त अनुदान- १ खर्व ४५ अर्ब ससर्त अनुदान- ७५ अर्ब कुल अनुदान- २ खर्व २५ अर्ब मुख्य बुद्धाहरु १ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन । २ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ  ३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ ।  ४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड,  नगरपालिकाले १५ देखि ४३ करोड,  उपमहान...
बहसः मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक) बहसः मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक) हरारीको पुस्तकः जसलाई ओबामा र बिल गेट्सदेखि जुकरबर्गसम्मले रुचाए अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्थित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एकलाख बर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्थित्व रक्षाको लागिसंघर्षरत उक्त प्रजाति अर्थात मानव (बैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समय मै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक विकासको तिथिमितिमा एकलाख बर्ष भनेको निकै छोटो समय हो । किनभने पृथ्वीको उत्पत्ति भएको नै ४ अर्ब ६० करोड बर्ष भइसक्यो । पृथ्वीमा पहिलो एक कोषीय जीव ३ अर्ब ८० करोड बर्ष अघि, बहुकोषीय जीव २ अर्ब १० करोड बर्षअघि, स्तनधारी प्राणी ६ करोड ३० लाख बर्ष अघि र मनुष्य जाति एप्स (apes) २ करोड बर्षअघि देखा परेका थिए । मानवजाति चिम्पाञ्जीसँग छुटि्टई भिन्न भएको नै ६० लाख बर्ष पुगिसकेको छ र आधुनिक मानव प्रजातिसँग मिल्ने प्राचीन मानव जातिहरु होमो (homo) जातका २० लाख बर्षअघि देखि नै यस पृथ्...
सार १ –  सन् २०१७ को म्यान बुकर इन्टरनेशनल पुरस्कार इजरायली लेखक डेभिड ग्रसम्यानले प्राप्त गरेका छन् । पुरस्कारको राशी पचास हजार पाउण्ड रहेको छ । पुरस्कार पाएसँगै ग्रसम्यान यो पुरस्कार पाउने पहिलो इजरायली लेखक बनेका छन् । साहित्य तर्फको नोबेल पुरस्कारपछिको ठूलो मानिने बुकर पुरस्कार ग्रसम्यानको पुस्तक ‘अ होर्स वाल्क्स इन्टु अ वार’ का लागि प्रदान गरिएको हो । ग्रसम्यानको यो उपन्यास हिब्रु भाषाबाट जेसिका कोहेनले अंग्रेजीमा अनुवाद गरेकी हुन् । पुरस्कारको रकम भने लेखक र अनुवादक दुबैले बाँड्नेछन् ।  डेभिड ग्रसम्यान इजरायलका बेस्ट सेलिङ लेखक हुन् । उनका पुस्तकहरु विभिन्न ३६ भाषामा अनुदित भएका छन् । ग्रसम्यानको उपन्याससँगै अन्य एकसय २६ पुस्तकहरु प्रतिष्पर्धामा थिए । एउटा मात्र पुस्तकलाई म्यान बुकर इन्टरनेशनल पुरस्कार दिन थालिएको यो दोस्रो वर्ष हो । गत वर्ष दक्षिण कोरीयाली लेखक हान कांग र अनुवादक देबोरा स्मिथलाई ‘द भेजिटेरियन’ उपन्यासका लागि यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गरेपछि बेलायतमा कांगको पुस्तकको बिक्री चार सय प्रतिशतले बढेको थियो । 
राजनीतिशास्त्र एकाइ ४ नागरिकता, अधिकार तथा कर्तब्य एकाई-४ नागरिकता ,  अधिकार तथा कर्तव्य नागरिकता: ·           कुनैपनि देशमा बसोबास गर्ने व्यक्तीले प्राप्‍त गर्ने नागरिकको प्रमाणपत्र नै नागरिकता हो । ·           प्राचिनकालमा राज्यबाट सामाजिक र राजनैतक अधिकार प्राप्‍त गर्ने व्यक्तिलाई मात्र नागरिकको रुपमा लिईनथ्यो र दास ,   महिला ,  राज्यद्रोह वा फौजदारी सजाय प्राप्‍त व्यक्तिलाई नागरिकता प्रदान गरिदैनथ्यो । ·           गेटेलका अनुसार – "नागरिक राजनितिक समाजका ती सदस्य हुन्  जो कतिपय कर्तव्यहरुद्वारा समाजसँग आबद्ध हुन्छन् उसको सत्ताको अधिन रहन्छ तथा उसद्वारा प्रदत्त सुविधाहरुको समान भागी हुन्छन्" । ·           लास्की भन्छन् – "नागरिक त्यो व्यक्ति हो जो केवल संगठित समाजको सदस्य मात्र होइन आदेशहरु प्राप्‍त गर्ने र कतीपय कर्तव्यहरुको पालन गर्ने बुद्धिमान व्यक्ति हो...