नेपाल-चीनबीच १० वटा सम्झौतामा हस्ताक्षर Image copyright Reuters नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्। नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतालाई महत्वका साथ हेरिएको छ। नेपालका प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीको चीन भ्रमण ऐतिहासिक महत्वको छ हो यन्सी, सहायक निर्देशक, एसिया विभाग, चिनियाँ विदेश मन्त्रालय यसैगरी हिल्सामा पुल बनाउने विषयमा पनि सम्झौता भएको छ। ‘ऐतिहासिक महत्व’ Image copyright Mahesh Acharya BBC यसअघि नै चर्चा भएजस्तै खुला व्यापारसम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। ग्यास तथा पेट्रोलियम अन्वेषण, ट्रेडमार्क दर्ता, पोखरा विमानस्थल निर्माण लगायतका सम्झौता पनि भएका छन्। यसैगरी दुई देशका ब्यांकहरुबीच सूचना आदानप्रदानका लागि आधार तयार पार्ने सम्झौता पनि भएको छ। Image copyright Reuters बहुप्रतीक्...