चीनबाट ३० वटा विद्युतीय बस काठमाडौं ल्याइँदै २० वटा सित्तैमा, १० वटा महानगरपालिकाले किन्ने रवीन्द्र घिमिरे २९ मंसिर, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए । यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ । चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भएको छ । सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ । महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ । महानगरले साझा यातायातलाई दिने महानगरपालिकाले अनुदानमा प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने कार्कीले बताए । ‘हामी आफैं बस चलाउँदैनौं, साझालाई सार्वजनिक यातायात सञ्चतालनको अनुभव...